शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

दिपेन्द्रको पहिलो एकदिवसीय अर्धशतक

शनिबार, १२ चैत २०७८, ११ : २०
शनिबार, १२ चैत २०७८

नेपालका दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ८४ बल बल खेलेका उनले ३ चौका प्रहार गरे । यसअघि नेपालका लागि देव खनालले एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गरेका थिए । ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।

२८ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्यच आउट गराएका हुन् ।

नेपालले तेस्रो ओभारको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलार्ई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप