घले समूहले भन्यो–राजनीतिक सम्मेलनको औचित्य छैन

गैरआवासीय नेपाल संघ(एनआरएनए) को १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई दिनअघि नै उस्तै प्रकृतिको सम्मेलन गरिसकेको शेष घले पक्षले फेरि सम्मेलन गरिनुको औचित्य नभएको जिकिर गरेको छ ।
घले समूहले शनिबार उद्घाटन गर्न लागिएको संस्थापन पक्षको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’को संज्ञा दिएको छ। गैरआवासीय नेपाली संघ गैरराजनीतिक संगठन भएकाले राजनीतिक संगठन भएकाले त्यसको औचित्य नभएको घले समूहको भनाइ छ । ‘यो त राजनीतिक सम्मेलन भयो । गैरआवासीय नेपाली संघ त गैरराजनीतिक हो । तर, उनीहरुले राजनीतिक आडभरोसामा सम्मेलन गर्दैछन्’, घले पक्षीय एनआरएनएका एक पदाधिकारीले भने । ती पदाधिकारीले आफूहरु तिर ठूलो संख्यामा सच्चा एनआरएनएहरु एकताबद्ध हुने बताउँदै राजनीतिक झोला बोक्नेहरू आफै सकिने जिकिर गरे ।
घले समूहको विश्व सम्मेलनले विनोद कुँवरलाई अध्यक्ष चयन गरेको थियो । घलेले नयाँ एनआरएनए बनाएसँगै अन्ततः एनआरएनए दुई वटा बनेको छ । करिब २० वर्ष लामो इतिहास बोकेको एनआरएनएमा राजनीति हावी भएकै कारणले विभाजित बनेको बताइन्छ । घलेले एनआरएनए गैरराजनीतिक भएको भन्दै त्यसको अगुवाइ गरेर कुँवरको नेतृत्वमा संस्था खडा गरेका हुन् ।
यता संस्थापन समूहले भने घलेको महाधिवेशनलाई अवैधानिक भन्दै शनिबारदेखि तय भएको सम्मेलन मात्रै आधिकारिक भएको जिकिर गरेको छ । ललितपुरको एक होटलमा हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।
सम्मेलनअघि नै बहुपदीय नेतृत्व मान्ने सहमतिअनुसार कुल आचार्य पनि संस्थापनतिरै गएका थिए । एनआरएनएमा लामो समयदेखि राजनीतिको छाया देखिँदा समयमा सम्मेलन समेत हुन नसकेको थिएन भने अहिले एक समूहबीच सहमति भएपनि संस्था भने एकताबद्ध हुन नसकेको हो । सामाजिक संस्थाका रुपमा रहेको एनआरएन पछिल्लो समय आफ्नै कारणले विवादको भूमरीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने