अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिए ।
सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो । कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे ।
गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा मन्त्री कार्कीले उक्त अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि रु एक करोड ५० लाख सहयोग गर्नुभएको मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरेले बताए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा सङ्घीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगा : लोपेजको दुई खेलमा बार्सिलोनाको जित
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित