शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

शनिबार, १२ चैत २०७८, १० : ३९
शनिबार, १२ चैत २०७८

भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।  गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर  दिएको थियो । 

ठक्करबाट मोटरसाइकल चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका  रमेश तिमिल्सिना मृत्यु भएको हो ।  गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । 

ठक्कर दिने बसको चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ७ घर भई हाल काठमाण्डौ माकलबारी बस्ने २८ वर्षको सागर बिक्रम थापाले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 
यस घटनाको  सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर डीएसपी राजु पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप