सेनेगलमाथि इजिप्टको जित
शनिबार, १२ चैत २०७८, ०८ : ५३

आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो ।
खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।
विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घाना र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् । घाना र नाइजेरीबीचको अर्काे खेल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला