लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन
शनिबार, १२ चैत २०७८, ०८ : ०८

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका छन् । आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
जसमा ३ सय ९६ जना महिला र २ हजार २ सय ३८ जना पुरुष छन । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू छन्। लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड