नेपाललाई सिरिज बराबरी गर्ने मौका
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए ।
शुक्रबार पीएनजीविरुद्धको खेलपछि पत्रकारसँगको कुराकानीमा उनले आजको खेलमा जित निकाल्दै दर्शकहरुलाई खुसी दिलाउने बताए । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले दुबै खेलमा जित निकालेको थियो । त्यसपछि नेपालले शुक्रबार खेलेको खेलमा पराजित हुन पुग्यो ।
यूएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।