सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जनकपुरमा चार वर्षीया बालिका अपहरण, ४ जना पक्राउ, बालिका सकुशल

शुक्रबार, ११ चैत २०७८, २१ : ४२
शुक्रबार, ११ चैत २०७८

जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  

जनकपुरधाम उपमहानगरपालिका १६, पुलचोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरीको बिहीबार साँझ अपहरण भएको थियो । घरमा खेल्दै गरेकी बालिकाको अपहरण गरेपछि अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

बालिका अपहरणमा परेलगत्तै प्रहरी अप्रेशन सुरु गरेको थियो । धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । अपहरणकारीलाई पक्राउ गर्न ४ राउण्ड हवाई फायर समेत गर्नु परेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । पक्राउ परेकाहरुको पहिचान भने प्रहरीले खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप