बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वैधानिक हतियार प्रहरीमा बुझाउन अनुरोध

शुक्रबार, ११ चैत २०७८, २१ : २८
शुक्रबार, ११ चैत २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासन हातहतियार संकलनमा लागेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले वैधानिक हातहतियार प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउनलाई धनुषा जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरू बुझाउन प्रशासनले आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार एक सूचना जारी गर्दै चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हतियारहरू बुझाउन सम्बन्धित सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेका छन् ।

प्रहरी इकाइमा बुझाइएका सो हतियारहरू निर्वाचन सम्पन्न भए पछि सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने उनले बताए । सूचनाको बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत उनले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप