बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ
शुक्रबार, ११ चैत २०७८, २० : ५०
![बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrested1_1uzGc85NiZ.jpg)
बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी संघको अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–ओली भेटबारे मन्त्री शक्ति बस्नेत के भन्छन् ?
-
कमलादीमा एकीकृत समाजवादीको बन्द-सत्र सुरु
-
विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी
-
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
-
भारतमा नयाँ फौजदारी कानुनलाई लिएर कांग्रेसले उठायो गम्भीर प्रश्न
-
देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी