शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मी र पुलिस फाइनल प्रवेश

शुक्रबार, ११ चैत २०७८, १९ : २९
शुक्रबार, ११ चैत २०७८

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । उक्त खेलका ‘म्यान अफ द म्याच’ आर्मीका मानबहादुर श्रेष्ठ भए । आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पहिलो सेट २५–१६ मा र दोस्रो सेट २५–१९ मा जितेको पुलिस क्लबले तेस्रो सेट २२–२५ मा तथा चौथो सेट २३–२५ ले गुमाएको थियो । पाँचौँ सेट १५–१२ ले जित्दै पुलिस क्लब फाइनलको यात्रा तय गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ पुलिस क्लबका रविन चन्द भए । 

फाइनल प्रतिस्पर्धा शनिबार बिहान हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले  एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप