माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : डा.भट्टराई
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
उनले समय धेरै फेरिसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिए । उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अर्बौं रुपैयाँ दुरुपयोग भएको दाबी गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहँदा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा बालुवामा पानी हाले झैँ दुरुपयोग भएको आरोपसमेत लगाए । नेता महतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसालाई आफ्नो किसिमबाट सरकारले तोडमोड गरेर कार्यकर्ताहरूलाई खुशी पार्ने काम मात्र गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण