सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : डा.भट्टराई

शुक्रबार, ११ चैत २०७८, १९ : ०७
शुक्रबार, ११ चैत २०७८

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले समय धेरै फेरिसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिए । उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अर्बौं रुपैयाँ दुरुपयोग भएको दाबी गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहँदा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा बालुवामा पानी हाले झैँ दुरुपयोग भएको आरोपसमेत लगाए । नेता महतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसालाई आफ्नो किसिमबाट सरकारले तोडमोड गरेर कार्यकर्ताहरूलाई खुशी पार्ने काम मात्र गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप