सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिबाट आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गर्नुपर्ने सुझाव आयो : प्रवक्ता महत

शुक्रबार, ११ चैत २०७८, १८ : ५५
शुक्रबार, ११ चैत २०७८

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको आरोप झुठो भएको बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकबारे जानकारी गराउँदै प्रवक्ता महतले आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरिने बताएका हुन् ।

"सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा हो । आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरौँ भन्नु भएको हो,"  महतले भने । प्रदेश सभापतिहरू र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट फरक-फरक सुझावहरु आएको उनले बताए ।

"आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरूबाट रिपोर्टहरू आएका छन् ।"  ९८ प्रतिशत प्रतिनिधिबाट आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएको महतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप