प्रतिनिधिबाट आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गर्नुपर्ने सुझाव आयो : प्रवक्ता महत
शुक्रबार, ११ चैत २०७८, १८ : ५५
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको आरोप झुठो भएको बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकबारे जानकारी गराउँदै प्रवक्ता महतले आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरिने बताएका हुन् ।
"सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा हो । आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरौँ भन्नु भएको हो," महतले भने । प्रदेश सभापतिहरू र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट फरक-फरक सुझावहरु आएको उनले बताए ।
"आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरूबाट रिपोर्टहरू आएका छन् ।" ९८ प्रतिशत प्रतिनिधिबाट आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएको महतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण