मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्नु हुँदैन : लुम्बिनी प्रदेश सभापति पुन

शुक्रबार, ११ चैत २०७८, १७ : ५०
शुक्रबार, ११ चैत २०७८

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकपछि बोल्दै उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु पर्ने बताए ।

काँग्रेसको स्थिति राम्रो भइरहेको भन्दै उनले स्थानीय आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु पर्ने बताए । ‘गठबन्धन गर्नुपर्ने कारण के ? हिजोका समीक्षा गर्ने की नगर्ने ? हामी पार्टी भित्रै एक ढिका होस् । पार्टी भित्रै गठबन्धन पहिले गरौं भनेर मैले कुरा राखेँ,’ उनले भने, ‘गठबन्धन गर्ने हो भने मतभारलाई आधार बनाओैँ । हाम्रो चार तहको संसदीय बोर्डको व्यवस्था विधानले गरेको छ । गठबन्धन गर्ने की नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिले दिनुपर्छ। काँग्रेसले अन्य दलसँग गठबन्धन गर्नु पर्ने अवस्था छैन । सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्नु फाइदाजनक हुँदैन ।’

उनले गठबन्धन माथिल्लो तहले गर्ने हो भने काँग्रेसलाई घाटा हुने बताए । गठबन्धन गर्ने आधार र मापदण्ड हुनु पर्ने भन्दै उनले त्यस्तो नभएमा भारतमा काँग्रेस आईको जस्ता अवस्था नेपाली काँग्रेसको पनि आउने बताए । काँग्रेसले गठबन्धनमा जानु पर्छ भन्ने  जरूरी नरहेको भन्दै २०० मत भएको ठाउँमा २० हजार मत मिसाउन नसकिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप