मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : एमसीसी र बीआरआईबारे छलफल

शुक्रबार, ११ चैत २०७८, १७ : ३२
शुक्रबार, ११ चैत २०७८

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा सेन्टर फर सोशल इन्क्लुजन एण्ड फेडर्लिज्म (सामाजिक समावेशीकरण र संघीयता केन्द्र) ले बीआरआई र भूराजनीति जोखिम र अवसर, नेपाल–चीन सिमापार सम्बन्ध तथा नेपाल–चीन व्यापार, पारवहन र यातायातका विषयमा छलफल गरेको छ ।  

केन्द्रले आयोजना गरेको कार्यक्रमले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालमा आगामी महाशक्ति प्रतिस्पर्धाको प्रभावलाई जोड दिएको हो । नेपालमा वासिङ्टन र बेइजिङले गरिरहेको कूटनीति अभ्यास विरोधाभासी रहेको उल्लेख गर्दै केन्द्रले एमसीसी र बीआरआईको सम्बन्धमा एक अर्काप्रतिको विचलनबारे पनि छलफल गरेको थियो । 

केन्द्रले शुक्रबार गरेको कार्यक्रममा वक्ताहरूले ऋणको अंशले बीआरआईलाई जटिल मुद्दा बनाएको बताएका छन् । सो मुद्दाले चिनियाँ पक्षसँगको नेपालको वार्तामा चिन्ता र सावधानीलाई प्रतिबिम्बित गर्न सक्छ जसले गर्दा बीआरआई परियोजनाको कार्यान्वयनमा ढिलाइ वक्ताहरूले धारणा राखेको केन्द्रले जनाएको छ । 

नेपाल–चीन सीमाका विषयमा गम्भीर छलफल हुन नसकेको केन्द्रले निष्कर्ष निकालेको छ । नेपालमा दक्षिणी सीमानाका मुद्दामा केन्द्रित भएको मात्र छलफल भइरहेको उल्लेख गर्दै केन्द्रले नेपाल र चीनबीचको स्पष्ट पूर्वाधार असमानता रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । सिमापार सम्बन्ध सुधार गर्न बलियो द्विपक्षीय संयन्त्रको विकास गर्न, सीमावर्ती समुदायहरूलाई निर्णय प्रक्रियामा समावेश गर्न, सम्बन्धित मन्त्रालयहरू बीचको समन्वय सुधार गर्न र सीमा व्यवस्थापन निकायहरूको पूर्वाधारमा लगानी गर्न महत्त्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप