शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चामलको मूल्य बढेको छैन : अध्यक्ष गुप्ता

शुक्रबार, ११ चैत २०७८, १७ : २०
शुक्रबार, ११ चैत २०७८

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताएका हुन् ।

उनले चामलको मूल्य एक महिना अगाडिको मूल्य अहिले पनि त्यही रहेको बताए । उनले व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गरे । अध्यक्ष गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताए । तेल  विदेशबाट आयात गर्नु पर्ने भएकाले मूल्य वृद्धिको मार खेप्नु परेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप