आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा महरले भने - मानिसलाई खल्तिबाट बोक्ने प्रवृतिको अन्य होस्

शुक्रबार, ११ चैत २०७८, १७ : ११
शुक्रबार, ११ चैत २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको संसदीय बोर्ड न्याय संगत देखिने गरी बन्नु पर्ने बताएका छन् । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता महरले आफ्ना मानिसको मात्र नाम खल्तिबाट बोक्ने प्रवृतिको अन्त्य भएर संसदीय बोर्ड न्याय संगत देखिनुपर्ने धारणा राखेका हुन् ।

उनले पछिल्लो समय जनताको आकर्षण काँग्रेसप्रति बढेको समेत बताए । '​घर घर जाऔं काँग्रेस जिताऔँ अभियानले साच्चै जनतामा उत्साह ल्याएको छ । म कञ्चनपुरका ९२ वडा र ९ पालिकामा पुगेँ । त्यहाँ हाम्रो अभियानले सार्थकता पाएको देखियो । अन्य पार्टी त्यागेर काँग्रेस प्रवेश गर्नेहरूको संख्या पनि बढ्दो छ,' उनले भने ।

काँग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको उनको धारणा छ । कम्युनिस्टहरू झुटको राजनीति गर्ने चरित्र उदांगो भएकाले पनि जनताको विश्वास काँग्रेसप्रति रहेको उनले बताए । जनताको त्यो विश्वासलाई आफूहरूले जिवन्त पार्नुपर्ने महरको धारणा छ ।

उनले काँग्रेसलाई शक्तिशाली बनाउन स्थानीय स्तरदेखि नै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन् । '​​पार्टीभित्र हामीमा कुनै बेमेल वा तिक्तता भए त्यसलाई हटाउन नेतृत्वले ध्यान दिनुपर्छ,' उनले भने, '​​हामी तीनै तहका निर्वाचनमा एक भएर अगाडि बढ्नुपर्छ ।' उनले पार्टीभित्र सबैको एकमत बनाएर अन्य दलसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका छन् । उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप