बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

शुक्रबार, ११ चैत २०७८, १७ : ०४
शुक्रबार, ११ चैत २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । 
नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गरेका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी  माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।  । 

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने,  “देशी विदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।” जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै उनले सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मौलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे ।  
“हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन, उनले भने, “माओवादीले प्राप्त गरेका उपलब्धि जीवन्त रहन्छन् ।”

 मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरे ।  हिजोको स्थितिमा माओवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुदृढीकरण भएको उनको दाबी छ । 
एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागू हुने बताए । यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सहि तरिकाले जनतामा पुर्याउनुपर्ने बताए । 

ठूलो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकार जनताप्रति उत्तरदायित्व नभएको भन्दै त्यसका लागि कार्यकर्ता सचेत हुनुपर्ने बताए ।  
माओवादी पार्टी विरुद्ध संयन्त्र भइरहेको भन्दै शहीद तथा बेपत्ताको व्यवस्थापनका लागि पार्टीले सरकारसँग पहल गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप