एनआरएनएको चुनाव गर्ने बाटो खुल्यो, अदालतबाट अन्तरिम आदेश दिन अस्वीकार
गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ । शुक्रबार उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो ।
चैत १० र ११ गते एनआरएनएको विश्व सम्मेलनको दिन तोकिएकामा चिन्तामणि सापकोटा लगायतले गत चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरेका थिए ।
उक्त रिटमाथि उच्च अदालत पाटनले चैत ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत ९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुँदा चैत ९ गते र चैत १० गते दुवै दिन उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो ।
चैत ११ गते शुक्रबार नियमित पेसीमा चढ्दा उक्त रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिइएको हो । शुक्रबार न्यायाधीशद्वय सुभाष पौडेल र नीलम पौडेलको संयुक्त इजलासले उक्त रिटमाथि अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
उक्त आदेशसँगै संघको निर्वाचन लगायतका गतिविधिका लागि बाटो खुलेको हो । संघले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न चैत १२ र १३ गते विश्व सम्मेलन तथा निर्वाचन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दा : बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण