बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

शुक्रबार, ११ चैत २०७८, १६ : ५४
शुक्रबार, ११ चैत २०७८

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् ।  विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।

मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् । त्यसपछि नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । 

त्यसैगरी वाङले शनिबारै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि आइतबार साँझ विदेशमन्त्री वाङ चीन फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप