चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा
तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।
मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् । त्यसपछि नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी वाङले शनिबारै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि आइतबार साँझ विदेशमन्त्री वाङ चीन फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
