मतदाता नामावली प्रकाशनको अन्तिम तयारी, केही घट्न सक्ने आयोगको आङ्कलन
निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।
यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगले अनुमान गरेको छ । मतदाता नामावलीमा रहेका मृतक, नागरिकता त्याग गरेका र दुई स्थानको मतदाता नामावलीमा नाम रहेकाहरुको नाम हटाइने भएकोले केही संख्या घट्ने प्रवक्ता पौडेलले बताए ।
उनले भने– ‘विभिन्न कारणले नागरिकता त्याग गरेकाहरु वा खोसिएकाहरु, मृत्यु भएका व्यक्तित्वहरुको नाम हटाउँदा र दुई ठाउँको मतदाता नामावली भएकाहरुको नाम हाम्रो सिस्टमले हटाउने गर्छ । त्यस्ता ब्यक्तिको नाम हटाउँदा केही घटेर अन्तिम मतदाता नामावली प्रकाशन हुन्छ ।’
दावी विरोध पूर्वको अवस्थामा मतदाता नामावलीमा करिब १ करोड ७७ लाख मतदाता रहेका छन् । आयोगले कूल मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मात्रामा मतपत्र प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि २ करोडको संख्यामा मतपत्र छापिनेछ । मतपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगको भनाई छ ।
यसैबीच आयोगका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु देशका विभिन्न भागमा पुगेर निर्वाचन आचार संहिता सचेतना सम्बन्धी कार्यक्रममा सहभागी भइरहेका छन् । उनीहरुले सातै प्रदेशमा पुगेर राजनीतिक दल तथा सरकारी कर्मचारीहरुका बिचमा सो कार्यक्रम गरिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण