पीएनजीविरुद्ध रोहितको अर्धशतक
शुक्रबार, ११ चैत २०७८, १५ : ३७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यलले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ५४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । रोहितको अर्धशतकसँगै नेपालले २८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १३४ रन बनाएको छ ।
रोहितसँगै क्रिजमा रहेका आरिफ सेखले २० रन बनाएका छन् । नेपालका ओपनर कुशल भुर्तेल ३२ रन बनाएर आउट भएका थिए । त्यस्तै अनिल शाहले ६ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए भने देव खनालले खाता खोल्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ