सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटो अघि बढाइने बताएकी छन् । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन् ।
शुक्रबार मन्त्रालयमा आयोजित सिंहदरबार गुरुयोजनाबारे छलफल कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताइन् । मन्त्री झाँक्रीले भनिन्, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तब्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौं ।”
सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनु पर्ने बताइन् । मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताइन् ।
शहरी विकास सचिव डा। रमेशप्रसाद सिंहले सिंहदरबारलाई थप व्यवस्थित बनाउन गुरुयोजना अघि बढाइने बताए । सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन यो गुरुयोजना महत्वपूर्ण हुने बताउँदै सिंहदरबार गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताए । सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले सिंहदरबारको सुरक्षाका लागि गेटमा आधसनिक स्क्यानिक उपकरण राख्न आवश्यक रहेको बताउँदै सिंहदरबारभित्र आइपर्ने आपतकालीन प्रकोपबाट उद्धार गर्ने विषय गुरुयोजनामा राख्नुपर्ने बताए ।
नेपाली सेनाका उपरथी निर्मल कुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताए । सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्स र दमकल समेत सिंहदरबार परिसरभित्रै उपलब्ध हुने व्यवस्था गर्नुपर्ने उनले बताए । त्यसैगरी नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले सिंहदरबारमा सर्वसाधारणको पहुँच र सुरक्षा चुनौतीलाई सन्तुलनमा राख्ने विषय गुरुयोजनामा समेटिनुपर्ने बताए । यस्तै नेपाल प्रहरीका एसपी बेद विष्टले सिंहदरबारभित्र ड्रोनबाट हुन सक्ने सुरक्षा चुनौती रोक्न एण्टी ड्रोन प्रणाली समेत समेट्नपर्नेमा जोड दिए ।
यस्तै नेपाल टेलिकमकी प्रतिभा बैद्यले सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरु व्यवस्थित बनाइने बताउँदै सिंहदरबार व्यवस्थित बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबै निकायबीच समन्वय हुनुपर्ने बताइन् । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सरोकारवाला निकायसँग समन्वय गरेर बिजुलीका तारहरु तत्काल अण्डर ग्राउण्ड गर्न सकिने बताए । उनले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन समेत राख्न लागिएको जानकारी दिँदै सिंहदरबारभित्र स्ट्रीट लाइट व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?