मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

शुक्रबार, ११ चैत २०७८, २२ : ००
शुक्रबार, ११ चैत २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप