बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासी प्रहरीद्वारा  ९ महिनामा ६ करोड बढी राजश्व संकलन, १७७ जना पक्राउ

शुक्रबार, ११ चैत २०७८, १२ : ५२
शुक्रबार, ११ चैत २०७८

नवलपरासी पश्चिम  प्रहरीले पछिल्लो ९ महिनामा १७७ जना फरार अभियुक्तलाई  पक्राउ गरेको छ । शुक्रबार प्रगति विवरण सार्वजनिक गर्दै प्रहरीले सो कुराको जानकारी दिएको हो । सो समयावधिमा प्रहरीले ६ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका प्रहरी चौकीले २०७८ असार १३ गतेदेखि २०७८ चैत्र ११ गतेसम्म विभिन्न स्थानबाट ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मूल्य बराबरको भन्सार छलेर ल्याइएका अवैध मालसामान बरामद गरेको प्रगति विवरणमा उल्लेख छ ।  बरामद सामान भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । उक्त समयावधिमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ४७ वटा ट्याक्टर, २ वटा  जेसिबी  समेत बरामद गरिएको प्रहरीको भनाई छ ।  

सोही समयावधिमा ३५ लाख ९० हजार श्रोत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरिएको छ भने ११ लाख ६२ हजार ७ सय ९३ मूल्य बराबरको अवैध काठ र ६ लाख ७५ हजार ५ सय मूल्य बराबरको जडिबुटी समेत बरामद गरी डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीको भनाइ रहेको छ ।

पक्राउ परेका १७७ जना अभियुक्तहरूलाई आवश्यक कारवाहीको लागि  नवलपरासी जिल्ला अदालतमा पेश गरिसकिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप