स्थानीयले आन्दोलन गरेपछि बल्ल बन्न थाल्यो सुनाकोठी-चापागाउँ सडक (फोटोहरू)
सुनाकोठी-चापागाउँका स्थानीय केही दिनयता सडक बन्द गर्दै मुर्दावादको नारा लगाउन बाध्य भए । उनीहरूले चुनाव आउन लागेकोले कुनै दलको विपक्षमा नारा जुलुस भने गरेका थिएनन् । वर्षौँसम्म उनीहरू सडकको धुलो र हिलोबाट आजित थिए । हिउँदमा धुलोले खपिनसक्नु हुन्थ्यो भने वर्षामा हिलोले सवारी दुर्घटना भइरहन्थ्यो । घरबाट बाहिर निस्केर हिँडिसक्ने अवस्था थिएन । सडक कालोपत्रे गरेको ६ महिना पनि नटिक्ने, विस्तारका लागि सडक भत्काउने तर समयमा मर्मत नगर्ने ठेकेदारको कामबाट उनीहरू हैरान थिए । अति भएपछि उनीहरूले सडक छिटो सुधार गर्न माग गर्दै सडकमा बाँस, काठका मुठा तेर्साए, सडक अवरोध गरेर काम नगर्ने ठेकेदार विरुद्ध नाराबाजी गरे ।
उनीहरूले सडक अवरुद्ध गरेपछि बल्ल सरोकारवाला सरकारी निकाय र ठेकेदारको कानमा बतास पस्यो । उनीहरूले अहिले सुनाकोठी सडकको काम गर्न थालेका छन् । सुनाकोठीका स्थानीय आशिष महर्जन सडकको धुलो र हिलोबाट हैरानी भोगिरहेका एक स्थानीय हुन् ।
रातोपाटी डटकमका फोटो पत्रकार सुवास श्रेष्ठसँग उनले आफ्नो दुःख यसरी सुनाए–‘सडकको धुलोको कारणले मेरो घरको झ्याल ढोका खोल्नै मिल्दैन । मेरो कोठाको सिरक डस्ना पनि धुलोले ढाकेर भ्याकुम लगाउनुपर्ने अवस्था हुन्छ । कोभिडले लकडाउन भएको बेलामा पनि सडकको धुलोबाट बच्नका लागि मास्क लगाएर हिँड्नुपर्ने अवस्था थियो । अस्तिदेखि हामीले आन्दोलन गर्न थालेपछि काम गर्न सुरु भएको छ । अब हेरौँ कहिलेसम्म काम सम्पन्न हुन्छ ।’

उनले वर्षाका बेला पानी पर्ने समयमा हिलोका कारण अत्यधिक मात्रामा दुर्घटना हुने गरेको बताए । सानो पाङ्ग्रा भएकोले स्कुटर धेरै लड्थ्यो । गर्मी समयमा धुलो उडेका कारण बस्नै नसक्ने अवस्था थियो । धुलोले त्यहाँको क्षेत्रको अवस्था बसिसक्नु नभएको उनले बताए ।
उनले विगतमा भएको बाटो नै धेरै ठिक रहेको बताए । उनले भने–‘बरु धेरै अघिको बाटोको अवस्था ठिक थियो । पछि सडक बिस्तारको नाममा सडक कालापत्रे गर्ने र भत्काउने काम गरेका कारण बाटो यस्तो भएको हो । अघिल्लो वर्ष गरेको कालोपत्रे सडक ४ महिना पनि टिकेन । त्यसपछि पनि सडक बनाउने काम गर्दै गरेनन् ।’

अहिले स्थानीय मिलेर सडक आन्दोलन गरेपछि बल्ल सडकको काम होला कि भन्ने उनीहरूले आशा गरेका छन् । समयमा सडक बनेन भने फेरि आन्दोलन गर्नुको विकल्प छैन । हेर्नुहोस् फोटोहरू :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण