अत्यधिक गर्मीमा पिउनुस् ‘डिटोक्स वाटर’
पानीलाई डिटोक्स गरेर पिउँदा थुप्रै फाइदा हुन्छ । यसले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुबाट बचाउँछ । यसको सेवन हरेक दिन गर्नेहरुको शरीरमा कहिल्यै पानीको कमी हुँदैन । साथै, तौल कम गर्न पनि यसले सहयोग गर्छ । डिटोक्स वाटरले शरीरभित्र रहेको टक्सिनहरुलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ ।
काँक्रोबाट डिटोक्स वाटर बनाउने तरिकाः
एउटा काँक्रो, आधा लिटर पानी, कालो नुन, सेतो नुन, एउटा कागती र पुदिनाको पातहरु जम्मा गर्ने । सबैभन्दा पहिले काँक्रोलाई साना–साना टुक्रा बनाएर काट्ने र त्यसलाई आधा लिटर पानीमा हाल्ने । स्वादअनुसार कालो नुन, कागती मिसाउने । जसलाई ४ देखि ५ घण्टासम्म फ्रिजमा राख्ने । र त्यसलाई बाहिर निकाल्ने । यसमा पुदिनाको पात हालेर हरेक बिहान खाली पेटमा पिउँदा गर्मीमा निकै फाइदाजनक हुन्छ ।
स्याउको डिटोक्स वाटर बनाउने तरिकाः
२ वटा स्याउ, दालचिनीको टुक्रा, आधा लिटर पानी र कागती जम्मा गर्ने ।
सबैभन्दा पहिले स्याउलाई सानासाना टुक्रा बनाएर काट्ने र काटेको स्याउलाई पानीमा हाल्ने । र त्यसमा दालचिनीको टुक्रा मिसाउने । त्यसमा कागतीको रस हालेर ४ घण्टाजति फ्रिजमा राख्ने र बिहान खाली पेटमा खाने । यसको लगातार सेवन गर्दा विभिन्न रोगहरुबाट बच्न सकिन्छ । यसले मिर्गौलालाई सफा राख्न भने दालचिनीले शरीरमा भएको टक्सिन हटाउन पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव