सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मालीमा ६ महिनामा ८८६ नागरिक मारिए

शुक्रबार, ११ चैत २०७८, ११ : ५७
शुक्रबार, ११ चैत २०७८

गत वर्षको दोस्रो ६ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएका छन् । मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले सो कुरा बताएको हो । मिसनले प्रकाशित गरेको नोटमा ६ महिनामा ८८६ जना नागरिक मारिएको, केही घाइते भएको वा बेपत्ता भएको जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। 

दस्तावेजका अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको  देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ।

नोटमा भनिएको छ : ‘हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा केन्द्रित थियो । सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ।’

स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर(सामुदायिक हिंसाले यस पश्चिम अफ्रिकी देशमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप