बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलले अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता गर्ने

शुक्रबार, ११ चैत २०७८, ११ : २९
शुक्रबार, ११ चैत २०७८

प्रभु क्यापिटलले अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता गर्ने भएको छ । ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले क्विज गर्न लागिएको हो ।  क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गर्ने जनाएको छ । 

क्विज प्रतियोगिता शनिबार बिहान १० बजेदेखि सिंहदरबार प्लाजस्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । यसक्रममा १५ वटा कलेजलाई ५÷५ वटाका दरले तीन टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गरिनेछ । पहिलो राउण्डमा प्रथम तथा दोश्रो हुने २÷२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ । 

प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिने जनाइएको छ । यसैगरी दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिन कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप