आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणढोका–साँखु सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

शुक्रबार, ११ चैत २०७८, ११ : २१
शुक्रबार, ११ चैत २०७८

काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । 

उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभावित भएको छ ।  सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल र साना गाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । 

समयमा बाटो मर्मत नभएको भन्दै स्थानीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप