शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित

शुक्रबार, ११ चैत २०७८, १० : ३९
शुक्रबार, ११ चैत २०७८

परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका छन् । अनलाइन फारम भरेका ७ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि आन्दोलन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नपाएको बताएपछि विद्यार्थीको परीक्षा अन्योलमा परेको हो । आइओइमा पुगेर ध्यान आकर्षण गराउँदा समेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरुले बिहीबारबाट क्याम्पस गेटमा प्रदर्शन गरेका हुन् । 

मेकानिकल पहिलो वर्षका विद्यार्थी तेजबहादुर खत्री भन्छन्, ‘यो वर्ष परीक्षा दिन नपाएका विद्यार्थीले आगामी वर्ष परीक्षा दिन पाउने कुनै ग्यारेन्टी छैन । आइओईले अर्को वर्ष सिट खाली भएमात्र परीक्षा दिन पाउने भनेपछि उनीहरू समस्यामा परेका हुन् ।’ 

क्याम्पसले फारम स्वीकार भएको वा नभएको विद्यार्थीको सूचना समेत प्रकाशित नगरेको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् । आन्दोलनरत विद्यार्थी प्रभास गौतम भन्छन्, ‘आईओइले लापरबाही गरेर विद्यार्थीको भविष्यमा खेलवाड गरेको हो । यसपटक नै जरिवाना लिएर पनि विद्यार्थीले थप परीक्षा दिन पाउनुपर्छ ।’

यता, क्याम्पस प्रमुख ओमप्रकाश ढकाल अनलाइन बाट फारम भरेका विद्यार्थीले परीक्षा दिन नपाउनु समस्या भएको बताउँछन् । अनलाइनका प्राविधिक कारणले यो समस्या देखिएको हो । विद्यार्थीहरुको समस्याका विषयमा डिन कार्यालयमा जानकारी गराएको र सकारात्मक प्रतिक्रिया पाएकाले विद्यार्थीको माग सुनुवाइ हुने ढकालले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप