आज मधेस प्रदेशसभाको बैठक बस्दै
शुक्रबार, ११ चैत २०७८, १० : ३७
![आज मधेस प्रदेशसभाको बैठक बस्दै](https://rpcdn.ratopati.com/media/albums/madhes-sava_uWUQtIRqDe.jpg)
मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।
यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए ।
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ वर्षदेखि नुहाएका छैनन् यी डाक्टर, देखाउँछन् यस्तो कारण
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
भिल्लासँग हार्यो स्पर्स, दबाबमा पोस्टेकोग्लु
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव