आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डा.हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग

शुक्रबार, ११ चैत २०७८, १० : ३३
शुक्रबार, ११ चैत २०७८

भूगोलविद् डा.हर्क गुरुङको स्मृतिमा खोलिएको डा.हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।

डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका–७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले डा.हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले बताए ।  गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप