उरुग्वे विश्वकपमा छनोट
शुक्रबार, ११ चैत २०७८, ०९ : ५१

उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो ।
उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । चौथो स्थानमा रहेको उरुग्वे विश्वकपका लागि छनोट भयो ।
योसँगै दक्षिण अमेरिकी छनोटबाट चार टोलीको टुङ्गो गालेको छ । ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा छ । यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन