चिलीमाथि ब्राजिलको फराकिलो जित

ब्राजिलले फिफा विश्वकप छनोटमा चिलीमाथि फराकिजो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन नेमार, भिनिसिउस जुनियर, फिलिप कौटिन्हो र रिचर्डलिसनले एक–एक गोल गरे ।
खेलको ४४औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा भिनिसिउसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।
कौटिन्होले ७२औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–० बनाए । खेलको इन्ज्युरी समयमा रिचर्डलिसनले गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए । जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ । ब्रजिल विश्वकपमा छनोट भइसकेको छ । पराजित चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा छ ।
शुक्रबार बिहान नै भएको अर्काे खेलमा कोलम्बीयाले बोलोभियामाथि ३–० गोलको जित निकालेको छ । त्यस्तै पाराग्वेले इक्वेडरमाथि ३–१ गोलको जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ