सहज जितसँगै पोर्चुगल विश्वकप छनोट नजिक
टर्कीविरुद्धको खेलमा सहज जित निकाल्दै पोर्चुगल फिफा विश्वकप २०२२ को लागि छनोट नजिक पुगेको छ । कतार विश्वकप छनोट अन्तर्गतको प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले एक–एक गोल गरे । उता टर्कीका बुराक यिल्माजले एक गोल फर्काए । ओटाभियोले खेलको १५औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ओटाभियोको पासमा डिएगो जोटाले ४२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–० गोलको अग्रता दिलाए ।
टर्कीका लागि ६५औं मिनेटमा बुराक यिल्माजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । टर्की ८५औं मिनेटमा पेनाल्टीमा गोल गर्नबाट चुक्यो । बुराकले प्रहार गरेको पेनाल्टी गोल हुन सकेन । इन्जुरी समयमा म्याथिएस लुइजले गोल गर्दै जित पक्का गर्दै टोली ३–१ गोलको जितसहित विश्वकप छनोट अन्तरगतको प्ले अफको फाइनलमा पुर्याए । अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु