सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको आकस्मिक बैठक बस्दै

शुक्रबार, ११ चैत २०७८, ०६ : ४७
शुक्रबार, ११ चैत २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे बस्न लागेको हो । 

शर्माका अनुसार संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुनेछ । बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ । बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप