चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत गर्नेछन् ।
नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ । भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
वाङको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । वाङ बस्ने ठाउँदेखि सडक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाइने भएको छ । नेपालको संसदबाट एमसीसी पारित भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने
-
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
-
‘फुटबल मैदानका लागि काठमाडौँमा जग्गा भेटिएन’
-
डार्क सर्कल किन हुन्छ ?
-
बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार
-
६ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोड बराबरको कारोबार