डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।
कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।
चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।
चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ ।
दात उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अत्याधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।
अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
-
विकासमा बेथिति, जस पाउने होड
-
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन
-
सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक