श्री भगवतीका प्रशिक्षक कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध
बिहीबार, १० चैत २०७८, २२ : ५४
श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार बी डिभिजन लिग क्लबका मुख्य प्रशिक्षक कर्माचार्यलाई प्रतिबन्ध लागेको जनाएको छ ।
लिग अन्तर्गत बाँसबारीसँग पराजित भएपछि श्री भगवती क्लबका पदाधिकारीहरु मैदानमा प्रवेश गरेर रेफ्री सुमन श्रेष्ठमाथि हातपात गरेका थिए । त्यस्तै श्री भगवती क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । श्री भगवती क्लब बाँसबारीसँग २–१ ले पराजित भएको थियो ।
एन्फाले श्री भगवतीका म्यानेजर दिपेन्द्र डंगोल, राजाराम श्रेष्ठ र बिक्रम डंगोललाई लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु