शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अदालतले भन्यो–पल शाह र पीडितबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्नू

बिहीबार, १० चैत २०७८, १५ : ०२
बिहीबार, १० चैत २०७८

जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पल शाह र पीडित किशोरीबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्न सचेत गराएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा अनुरोध गरेको हो।  

 मुद्दा अदालतमा विचारधिन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुको परिवारजन समेतबारे अमर्यादित टिप्पणी नगर्न अदालतले भनेको हो। 


‘प्रस्तुत मुद्दा यस अदालतमा विचारधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा यो इजलास विनम्र अनुरोध गर्दछ’, आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप