अदालतले भन्यो–पल शाह र पीडितबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्नू
जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पल शाह र पीडित किशोरीबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्न सचेत गराएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा अनुरोध गरेको हो।
मुद्दा अदालतमा विचारधिन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुको परिवारजन समेतबारे अमर्यादित टिप्पणी नगर्न अदालतले भनेको हो।
‘प्रस्तुत मुद्दा यस अदालतमा विचारधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा यो इजलास विनम्र अनुरोध गर्दछ’, आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण