शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पल प्रकरणमा यी वकिल, जसले गरे पीडितको पक्षमा बहस

बिहीबार, १० चैत २०७८, १५ : ०१
बिहीबार, १० चैत २०७८

बलात्कारसम्बन्धी मुद्दामा नायक पल शाहको विपक्षमा थुनछेक प्रयोजनार्थ  सरकारको तर्फबाट तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा एवं सहायक जिल्ला न्यायाधिवक्ता  विपिनराज तिवारीले बहस गरेका छन् । यसैगरी जाहेरवालाको तर्फबाट अधिवक्ताहरू एक नारायण गौतम,  मोहना अन्सारी,  शिवराज काफ्ले,  किशोर सापकोटा,  राधिका खतिवडा,  विमल प्रसाद लामिछाने र सरिता तिवारीले बहस गरेका छन् । 


यस्तै शाहको पक्षमा भने वरिष्ठ अधिवक्ता लव मैनाली,  कमलामोहन वाग्ले र यदुनाथ खनालले बहस गरेका छन् । यस्तै अधिवक्ताहरू परशुराम गिरी, जगदीशचन्द्र पाण्डे, यज्ञ बहादुर राना,  भानुभक्त सुवेदी, गोकुल भण्डारी, सरिता थापा भण्डारी, माघब घिमिरे, रामचन्द्र (आर सी) गौतम र विपिन सुबेदीले पनि बहस गरेका छन् । 

अदालतले शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको भन्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले सो आदेश दिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप