मध्यराति नाबालिगको कोठामा गएको औचित्य पुष्टि गर्न नसक्दा दोषी देखिए पल शाह
अभिनेता पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको भन्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले सो आदेश दिएको हो । अदालतको आदेशमा पल शाह नाबालिकाको कोठामा मध्यराति १२ बजे पुग्नुलाई पश्न उठाउँदै उनी त्यहाँ जानुको औचित्य पुष्टि गर्न नसकेको औंल्याएको छ ।
‘निजले मौकामा गरेको बयान हेर्दा राति करिव १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिबादीले स्वीकार गरेको पाइयो । एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिबादीले देखाउन सकेको पाइएन’, आदेशमा भनिएको छ, ‘यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिबादीको स्वीकारोक्ति सोही राती निजले पीडितलाई जवरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड़न आएको देखियो ।’
शाहले पीडितलाई जवरजस्ती करणी गरेको कुरामा पूर्णतः इन्कार गरेपनि अदालतले कोठामा जानुको औचित्यता देखाउन नसक्नुलाई मुख्य कमजोरी ठहर गर्दै दोषी देखाएको छ । अदालतको आदेशमा शाहले विवाह गर्ने झुठो आश्वासन दिई पहिले पनि पटक पटक जवरजस्ती करणी गरेको भन्ने कुरा पीडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण