शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला लिग : आर्मीमाथि एपीएफको जित, सावित्राको कमब्याक

बिहीबार, १० चैत २०७८, २१ : ०२
बिहीबार, १० चैत २०७८

राष्ट्रिय महिला लिग २०७८ को उद्घाटन खेलमा विभागीय टोली एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ । बिहीबार चितवनमा भएको खेलमा एपीएफले आर्मीमाथि २–१ गोलको जित निकालेको हो । एपीएफलाई जित दिलाउन रेनुका नगरकोटी र अनिता बस्नेतले एक–एक गोल गरिन् । 

उता आर्मीका लागि रश्मी घिसिङले एक गोल गरिन् । खेलको ५२औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । एपीएफका लागि ५७औं मिनेटमा रेनुकाले एपीएफका लागि बराबरी गोल फर्काइन् । ८२औं मिनेटमा अनिताले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाइन् । एपीएफका लागि आजको खेलमा सावित्रा भण्डारीले कमब्याक गरेकी छन् । 

सावित्रा गत फागुनमा राष्ट्रिय महिला लिगको क्रममा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा एफीएफकी सावित्रा घाइते भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप