बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि
बिहीबार, १० चैत २०७८, २१ : ०२
बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । समितिको सञ्चालक समितिको आज बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको हो । बैठकले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु. २.५ अर्ब पुर्याएको छ ।
बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजीगत आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरु बीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामन्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त