बाँकेमा एक युवक मृत फेला
बिहीबार, १० चैत २०७८, २० : ४७
बाँकेमा एक युवक मृत फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट नजिकै गहुँबारीमा नाम थर ठेगाना खुल्न नसकेका अन्दाजी २७ वर्षीय युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।
कुनै परिवारको सोही उमेरको आफन्तजन हराएको भए सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।