शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किसानका गहुँ काट्दै विप्लव नेकपाका नेताहरु

बिहीबार, १० चैत २०७८, २० : ३८
बिहीबार, १० चैत २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले किसानका गहुँ काटी दिएका छन् । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानको गहुँ काटिएको नेता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनाएका छन् ।

उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै ।’ नेकपाको १२ औं केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप