नेपाल थाइल्याण्डसँग पराजित

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो । थाइल्याण्डको चोनबुरीमा भएको खेलमा घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे ।
नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । खेलको ७८औं मिनेटमा रोलेरले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा विरचर्टले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । नेपालले अब थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
एएफसी एसिया कप २०२३ छनोटको तयारीका लागि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।
यता, थाइल्यान्ड भने समूह सी मा छ । उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बुको कप्तानीमा मैदान उत्रनेछन् ।
हाल थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?
-
पोखरा विमानस्थलसम्बन्धी छानबिन रिपोर्ट हावादारी
-
ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने