नेपाल थाइल्याण्डसँग पराजित
फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो । थाइल्याण्डको चोनबुरीमा भएको खेलमा घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे ।
नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । खेलको ७८औं मिनेटमा रोलेरले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा विरचर्टले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । नेपालले अब थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
एएफसी एसिया कप २०२३ छनोटको तयारीका लागि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।
यता, थाइल्यान्ड भने समूह सी मा छ । उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बुको कप्तानीमा मैदान उत्रनेछन् ।
हाल थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण